प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गर्नुभएको छ ।
‘समन्वय सहकार्य भएको भए अझ उत्कृष्ट बजेट आउँथ्यो’
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ बजेटमा केही व्यवस्था राम्रो भए पनि समग्र विषयमा सत्ता पक्षबिच सहकार्य हुन नसक्दा उपभोक्ताको पक्षमा समेट्नुपर्ने विषय छुटेको बताउनुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बिहीबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
कार्यान्वयनमा आएन मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना
लुम्बिनी प्रदेश सरकारले मानवअधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनालाई अझैसम्म पनि कार्यान्वयनमा ल्याउन सकेको छैन । प्रदेश सरकार मात्र नभएर प्रदेशका अधिकांश जिल्लाहरुलेसमेत यस कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनका लागि उदासीन देखिएका छन् ।
‘विनियोजन विधेयक’ स्वीकृत
प्रतिनिधि सभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको थियो ।
‘सङ्घले स्थानीय तहलाई हस्तक्षेप गर्नु विकेन्द्रीकरणको भावना विपरीत’
सांसद मेटमणि चौधरीले न्याय माग्न गएका स्वर्गद्वारी गुठी पीडित सङ्घर्ष समितिका सदस्यमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो चार मन्त्री
आगामी आव २०८१/०८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहसहित चार जना मन्त्रीलाई बोलाएको छ।
सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्तावलाई बहुमतले पारित गरेको हो।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत
प्रतिनिधि सभाको आजको बैठकले ‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत हुने
वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीमानमार्फत गर्ने कार्यको शुभारम्भ गर्नुभएको हो ।
बैङ्कलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले बैङ्किङ क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारले तनहुँमा औद्योगिक क्षेत्र बनाउँदै
गण्डकी प्रदेश सरकारले तनहुँमा औद्योगिक क्षेत्र बनाउने कार्य अघि बढाएको छ। शुक्लागण्डकी नगरपालिका–९ घारी, मरेतरामा बनाउने भएको हो।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित
प्रतिनिधि सभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ प्रस्ताव पारित गरेको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुङ्गोमा पुर्याउने गरी जुटेका छौँ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल सुरु गर्नुभएको छ ।
दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छः मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ ।
मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ ।
सतिशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय
मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव बिपी साह जानकारी दिनुभयो ।
राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरियोस् : सांसद डाँगी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्छ : सचेतक चौधरी
नेकपा (माओवादी केन्द्र) का सचेतक रुपा सोसी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिबाट यथाशीघ्र टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा शून्य समय : किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग
नेकपा (एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
छानबिनमा पूर्वाग्रहबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
काठमाडौँ महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।
‘घर भित्रबाट हटाउनुपर्छ महिलामाथिको हिंसा’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामाथिको हिंसा र विभेद घरभित्रबाटै हटाउनुपर्ने बताउनु भएको छ ।