बागमती प्रदेश सभाको सर्वदलीय बैठक सुरु
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका आह्वानमा प्रदेश सभा सचिवालय, हेटौँडामा सर्वदलीय बैठक सुरु भएको छ ।
नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा.विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोध चयन हुनुभएको हो ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो ।
देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ ।
ज्येष्ठ पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
लोकतन्त्रको विकासमा प्रेसजगतकाे अहम् भूमिका हुन्छ : मुख्यमन्त्री
‘विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४’का अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा पत्रकार एवं सञ्चारकर्मीहरूको सङ्घर्ष र योगदान रहेको बताउनुभएको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन भन्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठक : सहकारी समस्या समाधानका लागि समिति गठन
सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।
ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रूपमा समाधान गर्न अझै एक वर्ष लाग्छ : मन्त्री महासेठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रूपमा समाधान गर्न अझै एक वर्षको समय लाग्ने बताउनुभएको छ।
सरकारलाई बलियो बनाउने विधेयक अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
४८ जना उपसचिवको सरुवा (सूचीसहित)
सरकारले ४८ जना उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा समाने प्रशासन मन्त्रालयले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यता क्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ ।
सत्य निरुपण आयोगमा ६३ हजार ७१८ वटा उजुरी
सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराउनुभएको हो ।
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
नेपाल ‘आइटी हब’का रूपमा विकास हुँदैछ : सञ्चारमन्त्री शर्मा
सरकारले सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सूचना प्रविधिको विकासबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव भएको बताउनुहुन्छ ।
राष्ट्रभाषामा महाधिवेशनको प्रचारप्रसार गर्दै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचार प्रसार गरिरहेको छ । सबैलाई पहिचान सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचार प्रसारमा प्रयोग गरिएको हो ।
कैदीले अपराध गरेभन्दा अन्य सजाय पाउनुहुँदैन : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारमा रहेका कैदी बन्दीहरूले अपराध गरेभन्दा अन्य थप सजाय पाउन नहुने बताउनुभएको छ ।
सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन
पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।
राष्ट्रपतिसमक्ष उपनिर्वाचन परिणामको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेस गरेको छ ।
समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले आज सो कुरा बताउनुभएको हो ।
नेपालको घाँस चीन पठाउने सहमति
नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा भर्खरै हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।