निरन्तरको प्रयासले नेतृत्व क्षमता बढ्ने विश्वास
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले निरन्तरको छलफलले आफूहरूको नेतृत्व क्षमता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला
नेपाली कांग्रेका नेता डा.शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ ।
सरकारले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्नुपर्छ : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ।
भारतीय दलाल भनेकोप्रति डा. भट्टराईको आपत्ति
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाउनुभएको छ।
हस्, भइहाल्छ भन्ने होइन, व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
प्रदेश तेस्रो तहका नेतालाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
किशोरीका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले किशोरीका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सांसद सिंहको सुझाव
सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्नुहुँदै उहाँले यस्तो सुझाव दिनुभएको हो ।
जसपाको राष्ट्रिय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।
राष्ट्रपति पौडेल कतारको दोहामा
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुग्नुभएको छ । उहाँलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल भोली जेनेभा प्रस्थान गर्नुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत
मधेश प्रदेशसभाको मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१–८२को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
ष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुभएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
मङ्गलबार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेश गर्नुभएको छ ।
‘नेपालबाट ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’
नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्त्वाकाङ्क्षी भएपनि सफल पार्न सकिनेमा सरोकारवालाहरू निश्चिन्त देखिएका छन् ।
विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको हो ।
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।
नीति तथा कार्यक्रमको समय सारियो
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको समय सारिएको छ । मधेश सरकारले मङ्गलबार साँझ ६ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकेको छ । यसअघि आजै दिउँसो २ बजे सो नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकिएको थियो ।
सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छ : सांसद पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
कोशी प्रदेश योजना आयोगका सदस्यले गरे शपथग्रहण
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
विश्वका चुनौतीको विश्वव्यापी समाधान आवश्यक छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पछिल्लो समय विश्वले सामना गर्दै आएका चुनौती–जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता–विशाल र जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यी चुनौतीको विश्वव्यापी समाधान आवश्यक रहेको बताउनुभएको छ।
नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।