• १२ साउन २०८१, शनिबार

कोशी प्रदेश योजना आयोगका सदस्यले गरे शपथग्रहण

blog

मोरङ, जेठ २९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्रहण गराउनुभएको हो ।  

प्रदेश मन्त्रिपरिषद्को हिजोको बैठकले काठमाडौँ महानगरपालिका-९ का डा.सीताराम बस्नेत, सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका-६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका-२ की नमिता न्यौपानेलाई सदस्यमा नियुक्त गरेको थियो । समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको उपस्थिति थियो । रासस