• १४ मंसिर २०८१, शुक्रबार

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

blog

अर्थमन्त्री वर्षमान पुन ।

काठमाडौँ, जेठ २९ गते। सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। 

मंगलबारको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सो प्रस्तावमाथि सांसदले सामान्य छलफल गरी सर्वसम्मतिले पारित गरेका हुन्। 

राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ।