• १२ साउन २०८१, शनिबार

राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै । तस्बिर : संसद् सचिवालय

काठमाडौँ, जेठ २९ गते । राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

मङ्गलबार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेस गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/८० पेस गर्नुभयो ।