सुनसरी एमाले अध्यक्ष खनालको निधन
नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सात वर्षपछि मधेसको सत्ताबाट बाहिरियो जसपा
मुलुकमा सङ्घीयता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बाहिरिएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
मुख्यमन्त्री यादवलाई प्राप्त भएन विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत पाउन असफल हुनु भएको छ । सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री यादवले गर्नुभएको प्रस्तावको पक्षमा बहुमत आएन ।
कर्णालीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख तिलक परियारले बुधबारको प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
‘मुलुक बनाउन नेताहरूमा इमान्दारिता चाहिन्छ’
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन राजनीतिक दलका नेताहरुको इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको बुधबार अवलोकनपछि संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
समाजवादको आधार तयार पार्न परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई थप गति दिने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकः तीन विधेयक पेस
प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा विधेयक पेस गरिएका छन् । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गर्नुभएको हो ।
सर्वोच्चले अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने
सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा आगामी असार १२ गते निर्णय सुनाउने आदेश दिएको छ ।
एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट : उपाध्यक्ष पौडेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन बुधबारदेखि सुरु भएको छ।
फोहोरमैलालाई मजाकको विषय नबनाऔँ : एमाले अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ ।
नयाँ बजेट सन्तुलित छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिनुभएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार
सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ ।
योजनाको भुक्तानी गर्न प्रदेश सरकारसँग गाउँपालिका महासङ्घको माग
अनुदान कटौतीपछि स्थानीय तहहरू समस्यामा परेपछि गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले प्रदेश अनुदानमा सञ्चालित योजनाको रकम भुक्तानी गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।
सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताउनुभएको छ ।
गगन थापाको प्रश्न : ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार नभएको बताउनुभएको छ ।
यो बजेटले देशको विकास र समृद्धि हुन सक्दैन : सांसद खतिवडा
नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुननसक्ने बताउनुभएको छ। बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो।
उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौंः प्रमुख सचेतक परियार
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजङ्गल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम आजैदेखि सुरु भएको छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताउनुभएको छ ।
‘नेपाल भारत सम्बन्ध प्रगाढ’
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ । वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागि परेका उहाँले उल्लेख गर्नुभयो ।