• १४ मंसिर २०८१, शुक्रबार

यो बजेटले देशको विकास र समृद्धि हुन सक्दैन : सांसद खतिवडा

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा।

काठमाडौँ, जेठ २३ गते। नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि  हुननसक्ने बताउनुभएको छ।

बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो। 

उहाँले सरकारले ल्याउने हरेक बजेट राजश्व संकलन, वैदेशिक सहयता लगायतमा लक्ष्य अनुरुप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो। 

उहाँले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताउनुभयो। सांसद खतिवडाले मुलुक ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो। उहाँले भविष्यमा लगानी नहुने, उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था रहीरहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौती रहेको बताउनुभयो।

उहाँले ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारी बोक्ने खच्चडलाई पनि कर लाग्ने होकी भन्ने समस्या सिर्जना भएको टिप्पणी गर्दै सरकारको यतातिर पनि ध्यान जरुरी रहेको बताउनुभयो।