नौ जना युवकका चित्र प्रदर्शनीमा
कलामा भविष्य खोजिरहेका नौ जना युवकको एक टोलीले ललितपुरस्थित एमक्युब ग्यालरीमा सामूहिक चित्रकला प्रदर्शनी आयोजना गरेको छ । कलेजको अध्ययनसँगै उनीहरूले आफ्ना भावना चित्रका माध्यमबाट अभिव्यक्त गर्न चित्रकला रोजेको बताएका छन् ।
‘गोरखापत्रको बिरासत यसको विश्वसनीयता हो’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गोरखापत्र परिसरमा प्रदर्शनीका लागि राखिएका तस्बिरले नेपालको मौलिकता र ऐतिहासिकता बोकेको बताउनुभएको छ ।
विकासका परियोजनामा थप मेहनत गर्न रक्षामन्त्रीको निर्देशन
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालयअन्तर्गतका निकायले सञ्चालन गरेका विकास-निर्माणका परियोजनामा लक्ष्यअनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिनुभएको छ ।
‘प्रदेश सरकारको नीति तथा कार्यक्रम सकारात्मक छ’
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्योलमा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ ।
बजेटमाथिको छलफलमा सांसदहरुको मिश्रित प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताउनुभयो ।
जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक-दीर्घमा पुगे...
काठमाडौँको न्यु होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रूपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् ।
राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस
सरकारले राष्ट्रिय सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रिय सभाको सोमबारको बैठकमा पेस भएको हो ।
प्रदेशमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो
जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।
देशका विभिन्न भागमा विद्युत कटौती गरेकोमा सांसदको आक्रोश
देशका विभिन्न सहरहरूमा विद्युत कटौती हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । तराई, मधेशमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौती गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आक्रोश व्यक्त गरेका हुन् ।
सौराहालाई हनिमुन सिटी बनाऔँ : सांसद गुरुङ
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गर्नुभएको छ ।
प्रतिनिधि सभामा दुई प्रतिवेदन प्रस्तुत
प्रतिनिधि सभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०” पेस गर्नुभयो ।
संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश
प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।
मधेश प्रदेश सभाको तेस्रो अधिवशेन आह्वान
मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको आह्वान गरिएको छ । सत्ता साझेदारी दुई दल बाहिरिएसँगै विश्वासको मत समेत फिर्ता लिएपछि आह्वान गरिएको यो अधिवेशन सबैको चासो बनेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
ङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ ।
दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ ।
आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध पेश भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
बजेटमा छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताउनुभएको छ।
क्षमता बढाउन अनुभव आदान प्रदान कार्यक्रम उपयुक्त
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले अघिल्लो प्रदेश सभा सदस्यको अनुभवबाट आफूहरूलाई काम गर्न सहज हुने बताएका छन्।
मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
राष्ट्रिय सभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो ।
प्रतिपक्ष दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्दैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका प्रतिपक्ष दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ।