• १४ मंसिर २०८१, शुक्रबार

प्रतिपक्ष दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्दैन : अध्यक्ष नेपाल

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ, जेठ २० गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका प्रतिपक्ष दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ। 

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफ्नो पार्टी राजनीतिको महत्त्वपूर्ण घटक भएको र सबै नेतासँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनुभयो। उहाँले सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताउनुभयो।

उहाँले सरकारमा कुनै असमझदारी नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको पनि बताउनुभयो। उहाँले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताउनुभयो। उहाँले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताउनुभयो।

उहाँले अहिलेको अन्योललाई टुङ्ग्याउनुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुङ्गो लगाउने बताउनुभयो।