• १४ मंसिर २०८१, शुक्रबार

बजेटमा छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : अध्यक्ष ओली

blog

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, जेठ २० गते। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताउनुभएको छ। 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो। सञ्चारकर्मीले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिनुभयो।

उहाँले भन्नुभयो, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो।’ संसदमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ।