मनहरी (मकवानपुर), जेठ २१ गते । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबिच प्रतिस्पर्धा भएको थियो ।यस्तै उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला) तर्फ आरती पाठक विजयी हुनुभएको छ । निर्वाचनमा सात सय ७७ प्रतिनिधिमध्ये सात सय ६५ जना मतदानमा सहभागी भएका थिए । रासस