• १४ मंसिर २०८१, शुक्रबार

मधेश प्रदेश सभा बैठक अवरोध

blog

फाइल तस्बिर

जनकपुर, जेठ २१ गते । आज सुरुभएको मधेश प्रदेश सभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ । करिब दुई महिनापछि प्रदेश सभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ । बैठक सुरु हुना साथ आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो ।

सप्तरीको राजविराजमा एक मन्त्रीमाथि प्रहरीबाट आक्रमण भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर बैठक जनमतले अवरुद्ध गरेको हो । जनमतका सदस्य सञ्जय यादवले मन्त्रीमाथि भएको आक्रमणको छानबिन नभएसम्म संसद् चल्न नदिने बताउनुभयो । “त्यो माग पूरा गर्नुपर्छ र समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौँ”, उहाँले भन्नुभयो । रासस