आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य
सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र नागरिकमा नयाँ उत्साह पैदा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । बजेटले निर्माणाधीन ठुला आयोजनालाई पूरा गर्ने उद्देश्य राखेकाले नयाँ आयोजना यस पटक समावेश गरेको छैन ।
एमालेको 'राष्ट्रिय महिला भेला' सुरु (फोटो फिचर)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित हुनुहुन्छ ।
गणतन्त्रपछिका उपलब्धिबारे जनतालाई बुझाऔँ : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सञ्चार तथा ‘डिजिटलाइजेसन’को क्षेत्रमा भएका विकास तथा मानव सूचकाङ्कमा आएका सुधारलाई उपलब्धिकारुपमा जनताका बिचमा लैजानुपर्ने बताउनुभएको छ ।
गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद्
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त हुनुभएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई शपथ गराउनुभएको हो ।
एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरू अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ ।
एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम
नेकपा (एमाले) मकवानपुरको जेठ १८ र १९ गते हेटौँडामा हुने १२ औँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुर अध्यक्ष एवम् अधिवेशन आयोजक कमिटीका संयोजक एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।
तस्बिरले राजनीतिक सङ्घर्षको झल्को दिएको छ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले गोरखापत्रमा प्रदर्शनमा राखिएका ऐतिहासिक तस्बिरले लोकतन्त्रदेखि प्रजातन्त्र स्थापनासम्मको राजनीतिक सङ्घर्षको झल्को दिएको बताउनुभएको छ।
नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ ।
बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताउनुभएको छ ।
नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य जसपामा प्रवेश
बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य नवीन ढकाल जनता समाजवादी पार्टी, नेपाल प्रवेश गर्नुभएको छ ।
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा नेपालको जोड
नेपालले सुदृढ स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदाय एवम् सहायता निकायको भूमिका महत्त्वपूर्ण हुने बताएको छ ।
बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताउनुभएको छ ।
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा कोशी सरकारविरुद्धको रिटमाथि बुधबार सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।
गृहमन्त्रीविरुद्धको रिटको सुनुवाइ स्थगित
उपप्रधानम एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ः३० बजे बस्दै छ ।
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबिच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमाले चितवनको अध्यक्षमा पाठक
नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास लिनुभएको छ ।
खर्च कटौतीमा सरकारका योजना : अनावश्यक कार्यालय गाभ्ने, विदेश भ्रमण निरुत्साहन गर्ने
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमार्फत सरकारले खर्च कटौतीका विभिन्न योजना अघि सारेको छ । सार्वजनिक खर्च बढ्दा बजेटको स्रोतमा चाप परेको भन्दै हरेक वर्ष आलोचना हुने गरेको छ ।
बजेट ठिक दिशातर्फ उन्मुख छ : उपाध्यक्ष डा.वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठिक रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच
सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
स्मार्ट ट्राफिक लाइट जडान
सरकारले काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ ।