काठमाडौँ, जेठ २० गते। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
आइतबार भक्तपुरमा भएको मातृभाषामा पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो। उहाँले मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो।उहाँले मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।उहाँले मातृभाषाबाट सञ्चालन भएका सञ्चारमाध्यमप्रति सम्मान प्रकट गर्दै उहाँले यो प्रकाशन वा प्रसारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ। नेपाल सरकारको निकायले पनि यसमा ध्यान दिनु आवश्यक छ।मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्त्व दिएर प्रोत्साहित गर्नु आवश्यक छ।मातृभाषाबाट सञ्चालन भएका मिडियालाई म सम्मान गर्न चाहन्छु ।’’, उहाँले भन्नुभयो।
मन्त्री श्रेष्ठले आदिवासी जनजातिका हराउँदै गएका मौलिकतालाई सङ्गठित भएर काम गर्नुले लोपोन्मुख संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गर्नुभयो।