• २१ असार २०८१, शुक्रबार

नीति तथा योजना आयोग उपाध्यक्षमा डा. देवकोटा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १७ गते । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको बिहीबार भएको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्र्ने निर्णय गरेको हो । 

बिहीबार मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले डा. देवकोटालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । यसअघिको पाण्डे नेतृत्वको गण्डकी सरकारमा पनि डा. देवकोटा उपाध्यक्ष हुनुहुन्थ्यो । 

मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश योजना आयोगका बाँकी सदस्य भने खाली छन् । दक्षिण कोरियाबाट विद्यावारिधि गर्नुभएका डा. देवकोटाले दक्षिण कोरिया, थाइल्यान्ड, विश्व बैंकका परियोजना लगायतमा काम गरिसक्नुभएको छ । योजना आयोग अहिले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिने तयारीमा छ ।