राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबानीकै बिचमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्माणार्थ पेस गर्नुभएको हो ।
संसद्मा कांग्रेसको अवरोध कायमै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी
सर्वोच्च अदालतमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिटमा सुनुवाइ जारी छ ।
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउने विषयमा जुटेन सहमति
सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।
एमाले दाङको अध्यक्षमा आचार्य सर्वसम्मत
नेकपा (एमाले) दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसहमत चयन हुनुभएको छ । दाङको घोराहीमा जेठ ६ र ७ गते दुई दिनसम्म चलेको १४ औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसहमत चयन गरेको हो ।
एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ
पार्टी नेतृत्वको रोजाइमा परेका नेतालाई पराजित गर्दै नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ ।
बागमतीमा विषयगत समितिका सभापतिलाई शपथ
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश सभा नियमावली २०७४ अनुसार अब विषयगत छ समिति रहने व्यवस्था गरिएको छ ।
पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग
पर्साको पुरानो सदरमुकाम पोखरियास्थित पोखरिया अस्पताललाई स्तरोन्नति गर्न सङ्घीय सरकारसमक्ष माग गरिएको छ ।
शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी : देवप्रसाद गुरुङ
सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार बस्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ ।
सत्तापक्ष गठबन्धन सहकारीका ठगहरूलाई बचाउन लागेको कांग्रेसको आरोप
नेपाली कांग्रेसले नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरूलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्धत भएको आरोप लगाएको छ ।
सभामुखको भूमिकाप्रति कांग्रेस असन्तुष्ट
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उहाँको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।
सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दियौँ : सांसद पाण्डे
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनुभएको छ ।
कांग्रेसले समिति होइन, सरकार मागेको हो : बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको बताउनुभएको छ ।
आगलागी पीडितलाई राहत प्रदान गर्न राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको आगलागीबाट पीडित व्यवसायीलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्यो : गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको बताउनुभएको छ । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शुन्य मत परेको छ ।
कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताउनुभयो ।
वर्तमान सरकार पूरै कार्यकाल रहनेछ : नेता पौडेल
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने बताउनुभएको छ ।