जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिक रूपमा सामना गरौँ : वनमन्त्री सुडी
वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएका बताउनुभएको छ ।
सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पर्वतीय समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब अवस्थामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज
काठमाडौँ, जेठ ९ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
यस्तो छ तीन महिला मन्त्रीको सम्पत्ति विवरण
मन्त्री शर्माले कृष्णध्वज खड्काको नाममा कीर्तिपुर वडा नम्बर ७ मा छ आना एक पैसा एक दाम जग्गामा साढे दुई तलाको घर भएको उल्लेख गर्नुभएको छ। उक्त सम्पत्ति परिश्रमिक र पैतृक आयबाट प्राप्त गरेको हो।
प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी एजेन्सी ‘युएन एफसिसी एसबिएसटिए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेट गर्नुभएको छ।
गृहमन्त्री लामिछानेको भक्तपुरमा एक रोपनी जग्गा, श्रीमती निकिताको ८० तोला सुन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाउनुभएको छ।
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपन्क्षी मन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरण मन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ ।
एमालेले गर्न खोजेको समीकरण हो : मुख्यमन्त्री अधिकारी
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एमालेले गर्न खोजेको समीकरण हो पार्टी एकता होइन, पार्टी एकताको आवश्यकता व्यवहारले गर्दै गयो भने आफैँ हुने बताउनुभएको छ ।
टिकापुरको जग्गा ५० हजारमा किनेको हुँ : सांसद राणा
नेपाली कांग्रेसका सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपियाँमा किनेको बताउनुभएको छ ।
श्रममन्त्री अर्यालको १५० तोला सुन, दुई करोड १८ लाख नगद
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन भएको सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको लिस्टमा सबैभन्दा बढी सुन अर्यालको देखिएको हो।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो ।
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मङ्गलबार सार्वजनिक भएको हो।
संसदबाटै बजेट आउने माओवादी सांसदको दाबी
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदबाटै आउने दाबी गरेका छन् ।
राष्ट्रपति पौडेल र बिम्स्टेकका महासचिव पाण्डेबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणी पाण्डेले भेटवार्ता गर्नुभएको छ ।
दोस्रो योजनाको आधारपत्र परिमार्जन
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र परिमार्जन गरेको छ । सरकार परिवर्तन भएपछि प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आधारपत्र परिमार्जन गरिएको हो ।
सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले प्रतिपक्ष दलहरुलाई पेलेर अघि बढन नचाहेको बताउनुभएको छ ।
समृद्ध नेपालका लागि महिलालाई सशक्त बनाउनुपर्छ : प्रमुख साह
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले समृद्ध नेपाल बनाउनका लागि महिलालाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ।
लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस
प्रतिनिधि बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । मङ्गलबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो ।
नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ ।
राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।