एमाले बाँके अध्यक्षमा तीनको उम्मेदवारी
नेकपा (एमाले) बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिसहित डिल्ली बिसी र निरक गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
मुस्ताङको एमाले अध्यक्षमा लालचन
नेकपा एमाले मुस्ताङको आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दीपक लालचन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
विश्वासको मत लिने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारसम्म सदनको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्षी दल र सत्ता समीकरणमा रहेका दलबिच निरन्तर छलफल र संवाद भइरहेको छ । भोलिसम्म सदनको अवरोध हट्ने छ ।”
संसदीय छानबिन गर्ने सहमति, आजैदेखि संसद् सुचारु हुने
सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबिच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो । यससँगै कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध गरिरहेको संसद् आइतबारदेखि सुचारु हुने भएको छ । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, “संसदीय छानबिन समिति बनाउने सहमति भयो । समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा साथीहरूले काम गर्ने र चारै दलका प्रतिनिधि बसेर कार्यादेशमा काम गर्ने समझदारी भएको छ ।”
समृद्धिका लागि एमाले नै चाहिन्छ : उपमहासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र बिकासका लागि एमाले बाहेक अरु कसैले पनि नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।
बागमती प्रदेश सभा : चार समितिको सभापति निर्विरोध
बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
सहकारी प्रकरणमा संसदीय समिति बनाउने शीर्ष नेताविच सहमति
शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो।
सदन सञ्चालनका लागि सभामुखका तीन सन्देश
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र सत्ताको प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सदन सञ्चालनको विषयमा छलफल गर्नुभएको छ।
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताउनुभएको छ ।
संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रुपमा व्याख्या गर्नुहुँदैनः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रुपमा व्याख्या गर्न नहुने बताउनुभएको छ ।
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सूत्रीय अभियानमा लागेको बताउनुभएको छ ।
‘कोपिलाका सुगन्ध’ बजारमा
देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दुकुमारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ विमोचन गरिएको छ ।
कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छ : एमाले प्रमुख सचेतक बर्तौला
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली काँग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाउनुभएको छ।
राष्ट्रिय राजनीति तमासा हेरिरहेका छौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताउनुभएको छ।
वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूँजीवादी सामाजिक-आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताउनुभएको छ ।
‘भोलिसम्म राजनीतिक गतिरोधले निकास पाउँछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गतिरोधले निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ ।
कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलत : नेता कोइराला
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गर्नुभएको छ ।
जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ ।
प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन
बाग्मती प्रदेश सभाको आज अपराह्नको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा, १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गर्नुभएको हो ।
व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिन सम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताउनुभएको छ ।
कर्णाली अथाह सम्भावना भएको प्रदेश : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णालीमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गर्न सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।
गठबन्धन गर्न नपाइने व्यवस्था कानुनी रूपमै गरिनु आवश्यक : नेता पौडेले
नेपाली कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले गठबन्धन कानुनी रूपमै गर्न नपाइने व्यवस्था गरिनुपर्ने बताउनु भएको छ ।