• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय राजनीति तमासा हेरिरहेका छौँ : अध्यक्ष नेपाल

blog

कार्यक्रममा धारणा राख्नुहुँदै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, जेठ ५ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताउनुभएको छ। शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताउनुभयो। उहाँले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको आरोप लगाउनुभयो। उहाँले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताउनुभयो। उहाँले देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले देशमा स्थायित्व र वामपन्थी कम्युनिस्ट बिचको एकता र समझदारी नयाँ उचाइमा पुग्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला। हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो। हामी यी सबै घटनालाई नियालिरहेका छौँ। अवलोकन गरिरहेका छाैँ। नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस्। हामी चाहन्छौँ, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको कम्युनिष्टहरु बिचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्।’’

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो।