• ३ असार २०८१, सोमबार

प्रधानमन्त्रीसहित शीर्ष दलका नेताको बैठक बालुवाटारमा

blog

बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेता । तस्बिरः प्रधनमन्त्रीको निजी सचिवालय

काठमाडौँ, जेठ ११ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष दलका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेता सहभागी हुनुहुन्छ। 

प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेताको बैठकमा छलफल हुनेछ। 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, काँग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलगायत उपस्थित हुनुहुन्छ।