• २ असार २०८१, आइतबार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।

उक्त भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो ।