• २ असार २०८१, आइतबार

बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना

blog

दुर्घटना भएको जिप। तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, जेठ १० गते। बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन्।

बिहीबार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमण गर्न आएका विद्यार्थीले सवार गरेको  ग १ ज ८२४९ नम्बरको बोलेरो  जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

घाइते हुनेमा ९ जना विद्यार्थी, दुई जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।

सशक्त घाइते चालक तथा जिप धनी  लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।