• २ असार २०८१, आइतबार

नागरिकले महसुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

blog

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ, जेठ ९ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले महसुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। 

बुधवार मकवानपुरको हेटौँडामा बसेको बागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। 

उपप्रधान एवं गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महसुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको बताउनुभयो। उहाँले गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा बढी जोड दिन पनि निर्देशन गर्नुभएको बताउनुभयो।

उहाँले उपप्रधानमन्त्री लामिछानेले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन सम्बन्धमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्नेमा बढी जोड दिन आग्रह गर्नुभएको बताउनुभयो।