• २ असार २०८१, आइतबार

एमाले सुनसरी अध्यक्षमा खनाल

blog

बाबुराम कार्की 

वराहक्षेत्र, जेठ ९ गते । नेकपा (एमाले) सुनसरीको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निलम खनाल निर्वाचित हुनु भएको छ । अधिवेशनमा खनालकोे प्यानलै विजयी भएको हो । 

सुनसरीको आठौँ जिल्ला अधिवेशनमा निलम खनालले ३८३ मत प्रप्त गरी विजयी हुनुभयो । एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि मतदान गरिएको थियो ।

बुधवार साँझ सार्वजनिक मत परिणामअनुसार खनालका प्रतिस्पर्धी खेमराज पोखरेलले २८७ मत प्रप्त गर्नुभयो । सार्वजनिक गरिएको मतगणना परिणामअनुसार खनाल नेतृत्वको प्यानल विजयी भएको निर्वाचन सम्पर्क मञ्चका उपाध्यक्ष रमेश विष्टले जानकारी दिनुभयो । 

सम्पर्क मञ्चका उपाध्यक्ष विष्टका अनुसार खनाल प्यानलबाट उपाध्यक्षमा पर्शुराम यादवले ३२९, सचिवमा राम कोइराला ३८८, इन्द्रकला राई ४३८ र उपसचिवमा यामकुमार सुब्बा ३८५ मत ल्याएर विजयी हुनुभयो ।  

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा नन्द बस्नेतले ३२९, सचिवमा पदमा लिम्बूले २७० मत ल्याउनुभयो । उपसचिवमा देवानन्द मेहताले १९७ मत ल्याउनुभयो ।  लेखा समिति र सदस्यहरुको मत परिमाण आउन बाँकी रहेको निर्वाचन सम्पर्क मञ्चका उपाध्यक्ष विष्टले जानकारी दिनुभयो । सुनसरी निर्वाचामा जम्मा मतदाता संख्या ७२७ जना रहेकोमा ६८१ मत खसेको थियो ।