• १३ मंसिर २०८१, बिहिबार

जसपा अध्यक्ष यादवको रिटमाथि सुनुवाइ हुँदै

blog

काठमाडौँ, जेठ ७ गते । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ ।

सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।

जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित सात सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन मिल्दैन भनी दायर गरेको रिटमा पेशी तोकिएको हो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।