• १४ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग विपक्षी दलको बैठक बालुवाटारमा

blog

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' । फाइल तस्बिर

काठमाडौं, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका नेताहरुसँग शुक्रबार साँझ ६ बजे छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द आचार्यका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी दलका नेतालाई शुक्रबार साँझ छलफलमा बोलाइएको छ ।

प्रधानमन्त्री र सभामुखले संसद् सुचारुका लागि प्रयास गर्दै आउनुभएको छ । तर शुक्रबार बिहान तय भएको प्रतिनिधिसभा बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । 

बैठकमा संसद् सुचारु लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।