• १२ साउन २०८१, शनिबार

मुलुक आफ्नो कब्जामा पार्न काँग्रेसले प्रपञ्च रच्यो: अध्यक्ष ओली

blog

प्रसौनी गाउँपालिकाको नव निर्मित भवनको उदघाट्न समारोहमा उपस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशंङ्कर मिश्रा

बारा, जेठ ४ गते। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई मतलब छैन, मुलुक आफ्नो कब्जामा पार्न नेपाली काँग्रेसले विभिन्न प्रपञ्च रच्दै आएको बताउनुभएको छ।

बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। ‘‘काँग्रेसले खोजेको गृहमन्त्री रवि लामिछानेविरुद्ध जान आयोग भन्ने कुरा मात्र हो, उसलाई आयोग चाहिएको होइन, सरकार चाहिएको हो। सत्ताका लागि काँग्रेसले अनेक प्रपञ्च रच्दैछ’’, उहाँले भन्नुभयो, ‘‘सरकारकै लागि काँग्रेसले अनेक तामासा गर्न लागेको छ।’’ 

सांसदबाट देशका समस्या समाधान गर्न खोज्दा काँग्रेसले अवरोध गरेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले भन्नुभयो, ‘‘काँग्रेसलाई देशसँग मतलब छैन, जनतासँग सरोकार छैन, आफ्नो सम्पूर्ण स्वार्थ पुरा गर्ने खेलमा लागेको छ। एमाले देश बनाउने पार्टी हो, हाम्रो अर्को कुनै उद्देश्य छैन, जनताका समस्या समाधान गर्ने हो, गरिबी हटाएर मुलुक समृद्धितर्फ लैजाने हाम्रो लक्ष्य हो र त्यसलाई सच्याउन सरकार लागि परेको छ।’’


लोकतान्त्रिक पार्टी भनिने नेपाली काँग्रेस पार्टीले लोकतन्त्रको मर्यादा पालन नगर्ने, मूल मर्म नबुझने, अरुलाई औला र्तेसाउने जस्ता गलत कार्य गर्दै आएको उहाँको आरोप छ।