• १२ मंसिर २०८१, बुधबार

सञ्चार नीतिबारे छलफल सुरु

blog

तस्बिर : रासस

सुरुङ्गा (झापा) जेठ ५ गते । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उदघाटन गर्नुभएको हो । 

कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलगायत महासङ्घका १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सम्मेलनमा हुनुहुन्छ ।

सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती, पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । रासस