राष्ट्रपति पौडेल तनहुँ जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुलको उद्घाटनका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ ।
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ आयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्रिय सभामा प्रधानमन्त्रीको जवाफ : अन्तरसम्बन्ध सुधार्न सरकार गम्भीर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तहगत अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन गर्न सरकार अगाडि बढेको बताउनुभएको छ । उहाँले अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन नगरी सङ्घीयताको सही अभ्यास गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय सभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय प्रणालीलाई व्यवस्थित तथा सुदृढ पार्न अत्यन्तै आवश्यक र महत्वपूर्ण ऐन तर्जुमा गर्न सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभाको सङ्घीयता कार्यान्वयनसम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिको संविधानबमोजिम बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८० को सुझावबमोजिम विधेयक तर्जुमासम्बन्धी काम अगाडि बढाइएको छ ।”
गृह मन्त्रालयले बनायो हतियारको इजाजतसम्बन्धी छानबिन गर्न समिति
गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषममो एक छानबिन समिति गठन गरेको छ। बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा आज मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो।
राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुम्यो : डा. कोइरला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुमेको बताउनुभएको छ ।
सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।
मूलधारका मिडियालाई बचाउन सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
ण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मूलधारका मिडियालाई बचाइ राख्न सामाजिक सञ्जाल चुनौती भएकाले यसलार्ई सबै पक्ष मिलेर व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बजेट लेखन समिति गठन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
जनताले महसुस गर्ने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठक : तथ्याङ्क नियमावली स्वीकृत
सरकारले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको हो।
नेता तथा कार्यकर्ताका प्रिय नेता खुमबहादुर
नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठो मुद्दा लगाएर राजनीति सिध्याउने काम भएको बताउनुभएको छ।
राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रुपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताउनुएको छ ।
प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ।
निजामती ऐन र प्रहरी ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताउनुभएको छ।
राज्यका सबै निकायमा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले तेस्राे पटक विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः विश्वासको मत लिनु हुनेभएको छ।
प्रविधिको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई सञ्चारमन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न सकेन : राजेन्द्र महतो
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशको देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न नसकेकाे बताउनुभएको छ।
बाँके कारागार र बाल सुधारगृहको निरीक्षण
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वको संसदीय टोलीले बाँके कारगार र बालसुधार गृहको निरिक्षण गरेको छ।
'आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडी बढेको बताउनुभएको छ ।
उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
कांग्रेस सभापति देउवा नेपालगन्जमा
नेपाली कांंग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालगन्जमा भव्य स्वागत गरिएको छ ।