जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनुभयो ।
नयाँ दल गठनविरुद्ध जसपा अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सभाका दुई सदस्य नवगठित जसपामा
बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुल्नुभएको छ।
दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिराेध अन्त्य भई सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मधेश सरकार अल्पमतमा : नयाँ गठबन्धन बनाउन दल सक्रिय
मधेश प्रदेश सरकारका सत्ता गठबन्धनका दुई दलले एकै दिन समर्थन फिर्ता लिएपछि मधेश सरकार अल्पमतमा परेको छ ।
आर्थिक सल्लाहकार नियुक्त
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्राध्यापक डा. कपिलदेव सुवेदीलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताउनुभएको छ ।
मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिनु हुने भएको छ ।
एमाले तनहुँको १० औं अधिवेशन सम्पन्न
नेकपा एमाले तनहुँको १० औ अधिवेशन अन्तर्गत सोमबार मतदान सम्पन्न भएको छ ।
योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दै : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
गणतन्त्रपछिको विकास राजतन्त्रकालभन्दा धेरै बढी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताउनुभएको छ ।
कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक भोली जेठ १ गते विहान ९ बजे बस्ने गरी सारिएको जानकारी दिनुभयो ।
२०८४ को निर्वाचनलाई उपयोग गरेर जाने होः विप्लव
विद्रोह गर्छाैं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे । अहिलेको व्यवस्थाले हुँदैन, चुनावले कुनै निकास दिँदैन, यो संविधान सभाबाट राम्रो संविधान बन्दैन भन्दै विप्लव नेतृत्वको समूह लागिरह्यो ।
नेकपा एसको पोलिटब्युरो समितिको बैठक बस्दै
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ ।
काँग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो ।
बागमतीको बजेट अधिवेशन आजबाट
बागमती प्रदेश सभाको अधिवेशन आज सोमबारबाट सुरु हुँदै छ । बजेट अधिवेशनको रूपमा रहेको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
संसद् अवरोध फुकाउन पहल
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले सहकारी अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडानबारे सहमति खोज्न आइतबार विभिन्न पहल भए । संसदीय समिति गठन नभए जेठ १ गते सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रम अवरोध गर्ने कांग्रेसको चेतावनी छ । त्यसै कारण संसदीय कारबाही अवरुद्ध छ । संसद् अवरोधको गाँठो फुकाउन आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई भेटेर छलफल गर्नुभयो । उहाँले गृहजिल्ला चितवन जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गरी छलफल गर्नुभएको हो ।
नेता कोइराला र थापाविच छलफल
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच आज भेट भएको छ । नेता कोइरालाको सचिवालय बिशालनगरमा दुई नेताविच भेट भइ समसामयिक राजनीतिका विषयमा छलफल भएको हो ।
छानबिन गर्न संसदीय समिति बनाउनु ठुलो कुरा होइन : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नु कुनै ठुलो कुरा नहुने बताउनुभएको छ।
इन्टरनेट प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो : सर्वोच्चको फैसलाले राज्यकोषको अर्बौँ बच्यो
वर्ल्डलिंक कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ।
मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्छ : यादव
नेकपा (एमाले) मधेस प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताउनुभएको छ।
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए : आठ मन्त्रीको राजीनामा
मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्। दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
अवैध रुपमा ल्याइएको सुनसहित एक जना पक्राउ
प्रहरीले कतारबाट अवैध रूपमा सुन ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा ३२ वर्षीय जीवन बस्नेतलाई पक्राउ परेका छन्।