उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
‘शान्त कूटनीतिमार्फत दुई पक्षीय पहल गरिनुपर्छ’
एक सय रुपियाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णयमा छिमेकी मुलुक भारतले असन्तुष्टि जनाएको छ । गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटको अग्र भागको पृष्ठभूमिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको चुच्चे नक्साको डिजाइन राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीद्वारा शपथ ग्रहण
बझाङ क्षेत्र नम्बर (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मुख्यमन्त्रीमा दाबी परेपछि हस्ताक्षर सनाखत हुँदै
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले समर्थनमा हस्ताक्षर गर्नुभएका सांसदहरुको सनाखत गराउन थालेको छ ।
प्रदेश सभाको अधिवेशन वैशाख ३१ गते आव्हान गर्ने निर्णय
बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन वैशाख ३१ गते १ बजे आव्हान गर्ने निर्णय भएको छ । बिहीबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ ।
जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान
यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार हिजो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो ।
निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउँछौंः अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताउनुभएको छ ।
मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरीः मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको छ ।
कांग्रेस संसदीय दलको बैठक स्थगित
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो । उहाँको यही वैशाख २५ गते निधन भएको हो ।
पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन् : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काँग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
निर्वाचन आयोगले दलको कार्यालयमै लेखा परीक्षण गर्ने
निर्वाचन आयोगले विशेषज्ञ कर्मचारीले कार्यालयमै गएर स्थलगत निरीक्षण गरी राजनीतिक दलको लेखा परीक्षण गर्ने भएको छ । सो कार्यका लागि आयोगले महालेखा परीक्षकको कार्यालयसँग सहयोग मागेको छ । लेखा परीक्षण प्रतिवेदन नबुझाउने, समयपछि बुझाउने दलसँग आयोगले २०८१ वैशाख ९ गते नै स्पष्टीकरण माग गर्नुका साथै दलको लेखा परीक्षण जाँचबुझ गर्ने निर्णय गरेको थियो ।
कार्यकर्तालाई इमान्दार बन्न अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ ।
कानुन नबन्दा सङ्घीयता कार्यान्वयन जटिल : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सङ्घीय सरकारले कानुन नबनाउँदा सङ्घीयता कार्यान्वयन जटिल बनेको बताउनुभएको छ।
कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग
कोशी प्रदेश सभाका दुई ठुला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैनः कांग्रेस
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ ।
वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्डको दाँतको उपचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ। बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो।
कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ।
भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो ।
विधायन समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।
मुलुकलाई औद्योगिक विकासतर्फ लैजान उद्यमशीलतालाई बढावा दिनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिनु जरुरी रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना गर्न जरुरी रहेको बताउनुभएको छ ।