• १७ जेठ २०८१, बिहिबार

वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्डको दाँतको उपचार

blog

वीर अस्पतालमा दाँतको उपचार गराउनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, वैशाख २६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ।

बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो।

अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको गरिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उहाँले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गर्नुभएको थियो ।