• ७ जेठ २०८१, सोमबार

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस

blog

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटगनर, वैशाख २७ गते । 
 कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ ।

एमाले र नेकपा (माओवादी केन्द्र) का ५२ प्रदेश सभा सदस्यको समर्थनमा बिहीबार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।  संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न कार्कीले दाबी पेस गर्नुभएको हो ।

प्रदेश प्रमुख परर्शुाम खापुङले दाबी पेस गर्नका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर बुधबार राति सूचना प्रकाशन गर्नुभएको थियो ।

माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारी पत्रसहित नयाँ सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखलाई आग्रह गरेपछि नयाँ प्रक्रिया अगाडि बढेको थियो ।