सरकारले अल जजिरा टिभी बन्द गर्छ : नेतान्याहु
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार उहाँको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताउनुभएको छ । अल जजिरासँग उहाँको प्रशासनको लामो समयदेखि विवाद जारी छ ।
नेविसंघ प्रवक्ताको जिम्मेवारी सेजुवाललाई
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई दिएको छ। अधिवक्ता सेजुवाल जुम्लाको स्थायी बासिन्दा हुनुहुन्छ । केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ।
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको तेस्रो बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गर्नुभयो ।
जसपाका सात सांसदद्वारा निर्वाचन आयोगमा निवेदन दर्ता
जनता समाजवादी पार्टीका नेता अशोक राईसहित सात सांसदद्वारा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन पेस भएको छ।
राष्ट्रपति पौडेलसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल र जापानका परराष्ट्रमन्त्रीबिच भेटवार्ता
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ ।
राष्ट्रपतिद्वारा खाद्य गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलब अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ ।
सुरु भयो पेट्रोलियम अन्वेषणात्मक ‘बेल ड्रिलिङ’
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (बेल) कार्यको उद्घाटन गरिएको छ ।
खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताउनुभएको छ ।
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो ।
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो ।
नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ
सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ । म जापानको विदेश मन्त्रीको हैसियतले यस सम्झनायोग्य वर्षका लागि नेपालसँगको सम्वन्धलाई अझ प्रगाढ बनाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासका लागि दृढतापूर्वक सहयोग
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित हुनुभएको छ । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित हुनुभएको हो ।
भोलि बागमतीमा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमवार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने भएको हो ।
‘सत्ता समीकरण फेरबदल हुने अवस्था छैन’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा शनिबार सम्बोधन गर्दै उहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दाबी गर्नुभयो ।
'पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुन सक्दैन'
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण हुन नसक्ने बताउनुभएको छ ।
हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर विकास गर्छौँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सोही अनुसार प्रदेशले तीन धार्मिक स्थललाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो ।
देशलाई सङ्कटबाट निकाल्न कांग्रेस र एमाले मिल्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको बताउँदै नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताउनुभएको छ।
देश बनाउने जिम्मेवारी एमालेमा भएको सन्देश : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पछिल्लो उपनिर्वाचनले देशको भविष्य बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको सन्देश दिएको बताउनुभएको छ ।
मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
वर्तमान सत्ता समीकरणमा समस्या छैन : सचिव भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनुभएको छ।एमालेकै सोचमा नयाँ सत्ता समीकरण बनेकाले कुनै समस्या नरहेको नेता भट्टराईले बताउनुभयो ।