• ७ जेठ २०८१, सोमबार

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीद्वारा शपथ ग्रहण

blog

शपथ ग्रहण गर्नुहुँदै नवनिर्वाचित प्रदेशसभा सदस्य दमन भण्डारी । तस्बिर : भवानी ऐर

भवानी ऐर
गोदावरी (कैलाली), वैशाख २७ गते ।
बझाङ क्षेत्र नम्बर (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख भीमबहादुर भण्डारीले बिहीबार उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा (एमाले)का भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुनुभएको थियो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित हुनुभएको थियो ।

सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको थियो । यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गतवर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।