• ७ जेठ २०८१, सोमबार

मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरीः मन्त्री साह

blog

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह

काठमाडौँ, वैशाख २७ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा नेपाल चार्टड एकाउण्टेन सङ्घको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको छ ।

मन्त्री साहले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी रहेको बताउनुभयो । उहाँले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको पनि जानकारी दिनुभयो । उहाँले लेखा परीक्षकहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईंहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ । आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ । यसबाट बनेको सम्बन्धहरुमा सुदृढ र नविन सम्बन्ध झनै राम्रो वातावरण तयार हुने गरेको छ ।’’

मन्त्री ज्वालाले कुनै पनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाबको खर्चको प्रणालीको पारदर्शिता रहेको बताउनुभयो । देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने बताउनुभयो । विकास निर्माणको नाममा हुने ठुलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव रहेको उहाँको भनाइ छ ।