समस्या समाधान गर्न गुठी विधेयक आवश्यक : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले गुठीपीडित किसानको समस्या समाधानका लागि जेठ महिनाभित्र गुठी विधेयक संसदमा पेस गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।
आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ ।
नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ ।
आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।
नीति पुनरवलोकन गर्न निर्देशन
राष्ट्रिय सभाले नेपालको राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति पुनरवलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। सभाले नीतिमा पुनरवलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मङ्गलबारको बैठकमा सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्थासम्बन्धमा छलफलपछि समितिले उक्त निर्देशन दिएको हो ।
संसदीय समिति गठनमा कांग्रेसको अडान यथावत्
शुक्रबारदेखि सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन पनि अवरोधरहित सञ्चालन हुनेमा चुनौती देखिएको छ । हिउँदे अधिवेशनबाटै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएको सहकारीको रकम हिनामिनामा संसदीय समिति गठनबारे दलहरू सहमतिमा नपुग्दा आउँदो अधिवेशन पनि प्रभावित हुने देखिएको हो । आगामी अधिवेशनको काम कारबाही र संसदीय समिति गठनलगायतका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको सर्वदलीय बैठकका दलहरूले पुरानै अडान यथावत् राखेका छन् ।
सुन तस्करी प्रकरण : समितिले बुझायो प्रतिवेदन
सुन तस्करी प्रकरणमा संलग्न कर्मचारी तथा अनुसन्धानमा बदनियत राख्ने प्रहरीलाई कारबाही गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सुन तस्करी प्रकरणबारे जाँचबुझ गर्न उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित सुन तस्करी जाँचबुझ आयोगले अनुसन्धानमा संलग्न प्रहरी र तस्करीमा संलग्न कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो ।
करका दरहरु हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने बताउनुभएको छ।
‘तयारी पोसाक निर्यातका विषयमा सरकार गम्भीर छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोसाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल
नेकपा (एमाले) को नवौँ रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो ।
उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।
संसद्लाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताउनुभएको छ ।
महिला र बालबालिकाको क्षेत्रमा धेरै काम गर्न बाँकी छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आए पनि यस क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
ट्राफिक नियम पालना गर्दा जीवन सुरक्षित हुन्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियमको पालना गर्न सके सबैको जीवन सुरक्षित हुने बताउनुभयो।
सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकार निजी क्षेत्रको अभिभावक पनि भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
ममाथि संसदीय समिति बनाउनुपर्ने आधार छैन : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले जिम्मेवार भएर प्रमुख प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताउनुभएको छ।
राष्ट्रियताको विषयलाई सस्तो नबनाऔँ : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको हो ।
'ट्राफिक नियम पालना गर्दा जीवन सुरक्षित हुन्छ'
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियमको पालना गर्नसके सबैको जीवन सुरक्षित हुने बताउनुभएको छ ।
कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभएको छ।
सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
गण्डकी सरकारविरुद्ध कांग्रेसको सर्वोच्चमा रिट
गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको हो।