• ६ जेठ २०८१, आइतबार

कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला

blog

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला । फाइल तस्बिर

काठमाडौँ, वैशाख २५ गते। नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभएको छ।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो बताउनुभएको हो। 

उहाँले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्नेकुरा सम्भव नरहेको बताउनुभयो। उहाँले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताउनुभयो। 

उहाँले रुललाई निषेध गर्ने तरिकाबाट प्रस्तुत हुने कुरा राम्रो नहुने बताउनुभयो। उहाँले बैठकले आगामी संसद्को बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि बताउनुभयो।

उहाँले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसदमा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताउनुभयो।