नेतृत्वमा महिला उपस्थिति बढ्दै गएको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतभन्दा महिला उपस्थितिमा सुधार हुँदै गएको बताउनुभएको छ ।
‘गुनासो र प्राप्त सुझावलाई सम्बोधन गर्ने प्रयास रहन्छ’
ललितपुर महानगरपालिकाद्वारा प्रवाह हुने सेवासुविधा र आमनगरवासीको चासो, गुनासो सम्बोधन गर्न शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
विशेष बाल अदालतको आवश्यकता छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ ।
विश्वासको मत पाउने कुरामा ढुक्क छु : मुख्यमन्त्री साेडारी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले आफूले छिट्टै विश्वासको मत पाउने बताउनुभएको छ। शनिबार महेन्द्रनगरमा आयोजित अमर सहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो ।
महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताउनुभएको छ ।
जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।
सङ्घीयतापछि विकासमा क्रान्ति आएको छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश सङ्घीयतामा गएपछि विकासमा क्रान्ति आएको बताउनुभएको छ ।
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताउनुभएको छ ।
एमाले मकवानपुरको अधिवेशन जेठ १८ मा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन जेठमा हुने भएको छ । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले आगामी जेठ १८ र १९ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
बागमतीमा बजेट अधिवेशन वैशाख ३१ गते बोलाउने सहमति
बागमती प्रदेशको प्रदेश प्रदेश सभाको चौथो अधिवेशन वैशाख ३१ गते बोलाउन दल सहमत भएका छन्।
प्रधानमन्त्री प्रचण्डलाई पर्यटन महोत्सवमा निमन्त्रणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ताप्लेजुङ पर्यटन महोत्सवमा निमन्त्रणा गरिएको छ। प्रधानमन्त्री प्रचण्डलाई आगामी जेठ ३ देखि ७ गतेसम्म हुने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा निमन्त्रणा गरिएको हो।
काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग भएन : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ।
कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताउनुभएको छ । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताउनुभयो ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको उदघाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।
साना उद्यमीलाई प्रदेश सरकारले साथ दिन्छ : मुख्यमन्त्री कँडेल
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले औद्योगिक प्रदर्शनी प्रतियोगिताको आयोजना कार्यक्रममा शुक्रबार बोल्नुहुदै उहाँले बाहिरबाट आएर पनि उपहारको रुपमा अनिवार्य लिएर जाने किसिमका उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।
सङ्घीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको तुलनामा सङ्घीय मामिलाका काम ओझेलमा परिरहेको बताउनुभएको छ ।
मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिनुहुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार विश्वासको मत लिनु हुने भएको छ ।
संसद् अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
सरकारले यही वैशाख २८ गते सङ्घीय संदसका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
एक सयको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय
सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो ।
मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।
निर्माण सामग्रीसम्बन्धी विधेयकमा चार सय वटा संशोधन
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै विरोध नरहने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।