कांग्रेसको संगठन बलियो बनाउने मौकाः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताउनुभयो ।
मुलुकको आवश्यकता अनुसार सहकार्य गरेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरणमा हेरफेर भए पनि मुलुकको आवश्यकताअनुसार प्रमुख राजनीतिक पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ।
गणतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न एकजुट भएर लाग्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ।
सहिद स्मृति विद्यालयका विद्यार्थीसँग प्रधानमन्त्री
प्रधानमन्त्री एवम् सहिद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा–१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ ।
ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ।
ढुवानीसम्बन्धी छुट्टै कानुन आवश्यक
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ ।
‘सिङ्गो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो’
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको छ ।
प्रधानमन्त्री पोखरामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गर्नुभएको छ ।
‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’
राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताउनुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
‘आवश्यकतालाई मध्येनजर गरी काम गर्नुपर्छ’
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान आवश्यकतालाई मध्यनजर गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।
उपभोक्ता अदालत स्थापनाको माग
नेकपा (एमाले) अन्तर्गत रहेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले उपभोक्ताको शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालतको स्थापना गर्न माग गरेको छ ।
‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताउनुभएको छ ।शनिबार बिहान काठमाडौँमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम
सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्नुभएको छ ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता भएको छ । शनिबार दुई पार्टी बिच एकता भएको नेकपा (माओवादी केन्द्र) महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
लघुवित्तपीडित र सरकारबिच छबुँदे सहमति
सरकार र लघुवित्तपीडितबिच शुक्रबार विभिन्न छबुँदे सहमति भएको छ । अब आन्दोलनरत सङ्घर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरू स्थगन हुने भएको छ ।
यो संरचनाले मुलुक बन्दैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही संरचनाले मुलुक नबन्ने बताउनुभएको छ ।
काँग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ।
सुन तस्करी अभियोगमा दिपेश पुन पक्राउ
सुन तस्करी अभियोगमा अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुन पक्राउ परेका छन्।
मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।
सुन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौं, चैत २ गते । सरकारले सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको तस्करी नियन्त्रण आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले चैत १ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय भएको हो । त्यसैगरी सरकारले दुई प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवासमेत गरेको छ । श्यामलाल ज्ञवाली, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा हुनुभएको छ । सँगै किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा पठाएको छ ।
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ ।
माओवादीको विधान सुझाव परिमार्जनसहित पारित
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो ।