राष्ट्रपति पौडेल पूर्णाहुति पूजामा सहभागी
राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यकाे मूल छत्र–गजुर जीर्णाेद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा सहभागी हुनुभएको छ ।
रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताउनुभएको छ ।
‘सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भूमिका खेल्छु’
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको शपथ
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।
माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।
सङ्घीय सांसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताउनुभएको छ।
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० को सुधार गर्न निर्देशन दिनुभएको छ।
माओवादीसँग एकताको पक्षमा उभिएका नेसपा नेता जिम्मेवारी मुक्त
नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेतालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।
प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको निवासमा आइतबार मुख्यमन्त्री कार्यालयले गरेको स्वागतलगत्तै कार्यालय पुगेर भट्टले पदभार ग्रहण गर्नुभएको हो ।
भ्रमण, गोष्ठी र कार्यशाला घटाउन महानगर प्रमुख शाहको निर्देशन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ।
सभापति बनेर पार्टी फरक ढंगले चलाउछु : पूर्व महामन्त्री कोइराला
नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पार्टी परिवर्तन आवश्यक भएको बताउनुभएको छ। रामेछाप जिल्लामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी सञ्चालनको शैली समयानुकुल बनाउनुपर्ने धारणा राख्नुभएको हो।
एक दलको बहुमत नहुँदा देश समस्यामा: नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देशको विकास नभइ समस्यामा परेको बताउनुभएको छ । बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय
अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
सपुतको गीतमा प्रधानमन्त्री प्रचण्डको नृत्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममा पहिलो पटक प्रत्यक्ष गीत सुनाउन लागेको खुलाउँदै उहाँले दाहाललाई ‘पछिल्लो पुस्ताको अब्बल क्रान्तिकारी नायक’को संज्ञा दिनुभयो।
बागमतीमा हाम्रो नेपाली पार्टीले सरकार गठन गर्न पहल गर्ने
राममणि दाहालहेटौँडा, चैत ४ गते। बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गरेको हो।पार्टीका प्रवक्ता इन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको जानकारी दिनुभयो।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको केन्द्रमा बनेको गठबन्धन टुटेसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशका बहुमतको सरकार बनाउन ५६ प्रदेश सभा सदस्य आवश्यक हुन्छ। तर केन्द्रमा बनेको सत्ता समीकरण अनुसार यस प्रदेशमा बहुमत पु र्याउन एक जना प्रदेश सभा सदस्य अपुग हुन्छ। हाम्रो नेपाली पार्टीको बागमती प्रदेश सभामा दुई जना प्रदेश सभा सदस्य छन्। एमाले, माओवादी केन्द्रसहितको गठबन्धनलाई बहुमतका लागि राप्रपा, हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन अनिवार्य हुन्छ।हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका गठबन्धनले आफ्नो पार्टीलाई राम्रो व्यवहार नगरेको बताउँदै अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनुभएको हो। उता पार्टी प्रवक्ता कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो नेपाली पार्टी तयार रहेको बताउँदै अहिले अन्य दललाई समर्थन नगर्ने पक्षमा पुगेको बताउनुभयो।
पोखराको व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सो कुरा बताउनुभएको हो ।
सरकार ढाल्ने चलखेलमा छ काँग्रेस : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ।व। २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० छलफल हुने कार्यसूची रहेको छ ।
प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
संसद् बैठकमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक माथि छलफल
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाका समितिमा सभापति निर्विरोध
राष्ट्रिय सभामा रिक्त रहेका दुई समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । सभाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापतिको निर्वाचन गर्न लागेको हो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले उम्मेदवारीको प्रस्ताव दर्ताका लागि तोकिएको समयभित्र दुवै समितिको सभापतिमा एक एक जनाको मात्रै प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि १२ बजेर ३० मिनेटसम्मको समय तोकिएको थियो ।