• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रपतिसमक्ष उपनिर्वाचन परिणामको प्रतिवेदन पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेस गर्नुहुँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौँ, वैशाख २० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेस गरेको छ ।

बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसमक्ष यही वैशाख १५ गते भएको उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेस गर्नुभएको हो ।

वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित हुनुभएको छ ।