सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन
पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।
राष्ट्रपतिसमक्ष उपनिर्वाचन परिणामको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेस गरेको छ ।
समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले आज सो कुरा बताउनुभएको हो ।
नेपालको घाँस चीन पठाउने सहमति
नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा भर्खरै हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।
सूचना प्रविधिलाई लिडिङ फ्याक्टरको रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताउनुभएको छ ।
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तारः मन्त्री शर्मा
सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ । सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्वपूर्ण आधार बन्दै गएको यो सन्दर्भमा यो क्षेत्रमा युवाहरुलाई थप आकर्षित गर्न र उद्यमशीलता तथा नवप्रवद्र्धनमा प्रोत्साहित गर्न यो वर्षदेखि सरकारले केही नयाँ कार्यक्रम गर्ने योजना अघि बढाएको छ ।
डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको बताउनुभएको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा शुभकामना दिनु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कानुन निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताउनुभएको छ ।
ऐन संशोधनको सुझाव दिन ढिलाइ
राजनीतिक दलसम्बन्धी ऐन–२०७३ संशोधनसम्बन्धी सुझाव पेस गर्न राजनीतिक दलहरूले बेवास्ता गरेका छन् । निर्वाचन आयोगले एक महिनाको म्याद राखेर राजनीतिक दलहरूसँग सुझाव मागेको थियो । आयोगको समयसीमाबमोजिम राजनीतिक दलले चैतभित्र सुझाव पेस गर्नुपर्ने थियो तर सो समयभित्र कुनै पनि दलबाट सुझाव प्राप्त भएको छैन । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले उपनिर्वाचनको समय परेकाले राजनीतिक दलबाट समयमा सुझाव नआएको हुन सक्ने बताउनुभयो । आयोगले गत फागुन २९ गते नै पत्राचार गरेर चैतसम्मको समयसीमा तोकेको थियो । उपनिर्वाचन वैशाख १५ गते भएको हो । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका मुख्य सचिवसमेत रहनुभएका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले आयोग
मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशतको हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताउनुभएको छ। बुधबार काठमाडौँमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो।
पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग भएको बताउनुभएको छ ।
श्रमिक दिवसलाई संघर्षको रुपमा मनाउनुपर्छ : नेता पोखरेल
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणी पोख्रेलले श्रमिक दिवसलाई एकता र संघर्षको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।
श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ ।
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने पहल हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ।
कानुन निर्माणपछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताउनुभएको छ।
एमाले ताप्लेजुङको अधिवेशनको तयारी तीव्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशनको तयारी तीव्र छ । जिल्ला अधिवेशनको मिति नजिकिएसँगै एमाले जिल्ला कमिटीले तयारी तीव्र पारेको हो ।
चीन नेपालको स्थायित्वका लागि सहयोग गर्न चाहन्छ : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले चीनले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताउनुभएको छ ।
पत्रकारले आशावादी सञ्चार गर्नुपर्छ : मुख्यमन्त्री महरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
शाहले शपथ नलिएपछि विवाद
रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले) का नेता विनोदकुमार शाहले मन्त्रीको शपथ लिन अस्वीकार गर्नुभएको छ ।
अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ ।
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्सपर्ट ग्रुप अस्ट्रेलियाबिच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ ।
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रिय सभा उपाध्यक्ष
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ ।