एमाले जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक
नेकपा एमाले सर्लाहीले नवौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । मङ्गलबार नवलपुरमा पत्रकार सम्मेलन गरी चार दिनपछि सदरमुकाम मलङ्गवामा हुन लागेको जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको हो ।
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ ।
बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक : मुख्यमन्त्री कँडेल
कर्णली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताउनुभएको छ ।
रास्वपा संसदीय दलको बैठकः बजेट अधिवेशनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गरेको छ ।
एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार
बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
जसपाका सांसद र स्थानीय तहका सदस्यको सनाखत सुरु
निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ । मङ्गलवार सूचना जारी गर्दै आयोगले जनता समाजवादी पार्टी, नेपाल टुक्रिएर गठन भएको नयाँ पार्टी जनता समाजवादी पार्टीको गठन प्रक्रियाका लागि सांसद र जनप्रतिनिधिहरूको सनाखत गर्न सुरु गरेको हो ।
उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्कनुभएको छ ।
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल
आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ ।
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
झापाको कमल गाउँपालिकामा एक माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि प्रशासनिक काम र विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको पाइएको छ । कमल गाउँपालिकाकै ठुलो सामुदायिक विद्यालयहरू मध्येको एकमा पर्ने श्री वाणी माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि यसका असर विद्यालय भर्ना अभियानमा समेत परेको पाइएको हो ।
जनता समाजवादीलाई दलको मान्यता
निर्वाचन आयोगले चुनाव चिह्न संशोधन गर्ने सर्तमा जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । जनता समाजवादी पार्टी, नेपालबाट अलग्गिएर जनता समाजवादी पार्टी नामक छुट्टै दल दर्ताका लागि आइतबार परेको निवेदनमा आयोगले दलको मान्यता दिने निर्णय गरेको हो ।
एकीकृत समाजवादी संसदीय दलको बैठकः पार्टी एकढिक्का रहेको निष्कर्ष
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ । सोमबार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो ।
वामपन्थी पार्टीका बिचमा एकताको आवश्यकता छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीका बिचमा एकताको आवश्यकता औल्याउनुभएको छ । लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उहाँले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।
आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताउनुभएको छ ।
‘अवैधानिक निवेदनको आधारमा दल विभाजन हुन्नँ’
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने बताएको छ ।
गण्डकीमा दुई मन्त्री थप
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । एमाले संसदीय दलका नेतासमेत रहनुभएका अधिकारीले आफ्नो पार्टीबाट सांसदहरू सीता सुन्दास र वेदबहादुर गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहनुभएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।
सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गर्नुभएको छ ।
प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
ठूला दलबिच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताउनुभएको छ ।
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी(आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताउनुभएको छ ।
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ ।
सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार र जनताबिचको गोरखापत्र पुल बन्नुपर्ने बताउनुभएको छ ।
अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।