• १२ असार २०८१, बुधबार

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी । फाइल तस्बिर

भावना जोशी 

अत्तरिया, वैशाख २१  गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले  विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ। 

मुख्यमन्त्री सोडारीको विश्वासको मतका लागि शुक्रबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको हो।

सभामुख भीमबहादुर भण्डारीले प्राविधिक कारण आजको प्रदेश सभाको बैठक बस्न नसक्ने भन्दै प्रदेश सभाको बैठक स्थगित गरेको जानकारी दिनुभयो। एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरेको भन्दै तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने अडानमा बसेको छ। 

एमालेले विश्वासको मत नदिएपछि बहुमत नपुग्ने हुँदा शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले शुक्रबार विश्वासको मत नदिने स्पष्ट पार्नुभएको थियो। 

संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले मुख्यमन्त्री सोडारीले हतारमा सल्लाह नगरी विश्वासको मत लिन खोजेको भन्दै एमालेले विश्वासको मत नदिने बताउनुभएको हो।