गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबिच भेटवार्ता
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गर्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेल सोमबार विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
झापा एमालेको अध्यक्षमा गिरी सर्वसम्मत
नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत हुनुभएको छ । यसअघि गिरी एमाले झापाका कार्यवाहक अध्यक्ष रहनुभएको थियो । यसै गरी अर्का अध्यक्षका प्रत्याशी शिव ढुङ्गेल भने उपाध्यक्ष पदमा सर्वसम्मत हुनु भएको छ । सचिवमा तुलसी कार्की सर्वसम्मत हुनुभएको छ ।
प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र
नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दश बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ ।
संवैधानिक परिषद्को बैठक सुरु
रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्ति बारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
युवाको पलायन रोक्न सरकार गम्भीर हुनुपर्छ : एमाले उपाध्यक्ष थापा
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले युवा जनशक्तिको पलायन रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ।
बागमती सरकारमा एमाले सहभागी, नेता थपलियाद्वारा शपथ
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गर्नुभएको हो ।
गठबन्धनले पार्टीभित्र आत्मविश्वास कमजोर : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका कारण पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताउनुभएको छ ।
शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ। रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।
बालुवाटारमा शीर्ष नेताको बैठक
शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।
परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : सभापति लामिछाने
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।
सभामुखद्वारा प्रमुख सचेतकहरूसँग परामर्श
सभामुख देवराज घिमिरेले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग सदनको आगामी कार्यतालिकाबारे परामर्श गर्नुभएको छ ।
आगामी उपनिर्वाचनमा एमालेले जित्छ : अध्यक्ष ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ।
तस्करी र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ।
सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।
महिला समानताका लागि सामूहिक प्रतिबद्धता
सरकारले ‘आत्मस्वाभिमानी छोरी’सहितको देश निर्माण गर्ने अभियान थाल्ने भएको छ । यही नारासहित देशका ७५३ पालिकामार्फत सरकारले लैङ्गिक संवेदनशील सेवा प्रवाह गर्ने भएको छ ।
दलका कारण सङ्घीयता कार्यान्वयन समस्या : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रमुख राजनीतिक दल र तिनको नेतृत्वले अधिकार प्रत्यायोजन नगर्दा सङ्घीयता कार्यान्वयनमा कठिनाइ भइरहेको बताउनुभएको छ।
दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
बागमतीमा मन्त्री परिषद् विस्तार हुँदै
बागमती प्रदेश सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिन तयारी गर्दै गर्दा शनिबार मन्त्री परिषद् विस्तारको तयारी गर्नुभएको हो ।
महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ ।
प्रदेश सभालाई पारदर्शी बनाउँछु : सभामुख पाठक
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने प्रयासको थालनी गरेको बताउनुभएको छ ।
भेनेजुएलाका राष्ट्रपति माकाडोद्वारा निर्वाचनका लागि अन्तर्राष्ट्रिय दबाबका लागि आग्रह
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो गठबन्धनको उम्मेदवारलाई आगामी जुलाईमा हुने निर्वाचनमा भाग लिने वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायको थप दबाबको लागि याचना गर्नुभएको छ ।
एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने
राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ ।