• १२ साउन २०८१, शनिबार

टाकुरा पर्यटन विकासमा जोड

blog

काठमाडौँ, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा पर्यटकीय सम्भावना भएका स्थानीय स्रोत साधनको प्रयोग गरी तीनै तहको समन्वयमा टाकुरा पर्यटन विकास गरिने बताउनुभएको छ । 

सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सङ्घ प्रदेश र स्थानीय तहको समन्वयमा पर्यटकीय सम्भाव्यता भएका स्थानमा टाकुरा पर्यटन विकास गरिने बताउनुभएको हो ।