• ११ पुस २०८१, बिहिबार

स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाइने

blog

काठमाडौं, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले औषधी र खोपलगायतका स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने बताउनुभएको छ । 

मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्माणाधीन स्थानीय अस्पतालहरू प्राथमिकताकरण गरी निमार्ण कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । सबै स्थानीय तहमा स्वास्थ्य बिमा बिस्तार गरिएको उहाँले बताउनुभयो ।