काठमाडौँ, जेठ १ गते । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जस्यता कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजस्यताले अर्थतन्त्रमा सुधार भएको बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताउनुभयो । उहाँले मूल्य वृद्धिदर पनि घटेको बताउनुभयो । उहाँले कानुनहरूमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘वित्त तथा मौद्रिक नीतिको समान्जस्यता कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्य वृद्धिदर घटेको छ । कानुनहरूमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम उच्च रहेको छ ।’’
उहाँले बैङ्क तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताउनु भयो । उहाँले शोधनान्तर र चालु खाता बचतमा रहेको पनि बताउनुभयो ।